‘नेपाल आइडलमा मेरो मजाक उडाइयो’ : रमिता शर्मा (भिडियो सहित)
काठमाडौं । नेपालको चर्चित रियालिटी शो नेपाल आइडलमा बलियो प्रतिस्पर्धीहरुको प्रस्तुतीले अहिले धेरैको मन तानिरहेको छ। बलियो प्रतिस्पर्धीको रुपमा रहेकी रमिता शर्मा उत्कृष्ट बाह्रबाट बाहिरिएकी थिइन्।
रमितालाई आफू नेपाल आइडलको ताज जित्छु नै भन्ने आत्मविश्वास थिएन, तर केही अगाडी सम्म पुग्छु भन्ने चाहिं थियो। उनलाई आफूले राम्रोसंग भोट नमागेका कारण र भोटिंग माग्ने तरिका आफूलाई थाहा नभएका कारण पनि भोट कम आएको होला भन्ने लाग्छ।
नेपाल आइडलबाट बहिरिएपनि उनी आफ्नो सांगीतिक करियरलाई भने अब अगाडी बढाउन चाहन्छिन्। डेढ वर्षदेखि भोकलिस्टको रुपमा संगीतमा लागेको बताउने उनले गीत पनि लेख्ने गर्छिन्। रमिता शर्माले अहिले स्नातकको परिक्षा दिएर बसेकी छिन्।
दुब्लो शरीरका कारण उनी किशोरी जस्तै देखिन्छिन्। त्यही दुब्लो शरीरका कारण आफूलाई नेपाल आइडलमा विभिन्न व्यक्तिले मजाक बनाएको उनलाई पटक्कै मन परेन। धेरैले कहिल्यै खाना खाँदैनौ, हड्डीमा छाला टाँसिएको जस्ता कमेन्ट गर्ने गरेको उनी बताउँछिन्।
(भिडियो सहित)
No ads found for this position

डिसी नेपाल
Facebook Comment