कुटनीतिक संवादमार्फत नक्सामा समेटिएको भूमि फिर्ता ल्याइन्छ : मन्त्री तुम्बाहाङ्फे (भिडियो)

डिसी नेपाल
७ असार २०७७ ८:२९

काठमाडौं। कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले नेपालको नयाँ नक्सामा समेटिएका नयाँ भूभाग नेपालकै भएको तथ्य प्रमाण नेपालसँग भएको बताएकी छिन्। तीनै तथ्य र प्रमाणका आधारमा भारतसँग वार्ता गरेर अतिक्रमित नेपाली भूमी फिर्ता ल्याउने मन्त्री तुम्बाहाङ्फेले बताइन्।

डिसी नेपालसँग कुरा गर्दै उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमाग भएको र त्यसलाई संधिवानलेसमेत चिन्ने गरी वैधानिकता दिएको बताइन्। नेपालको नक्सामा समेटिएको भूमि औपचारिक रुपमा नेपालले भोग चलन कसरी गर्ने भन्ने विषयमा परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको उनले बताइन्।

‘हामीले नेपाली भूमी नक्सामा समेट्दा छिमेकी भारतको एक इन्च जमिन पनि नेपालमा गाभेका छैनौं,’ मन्त्री तुम्वाहाङ्ले डिसी नेपालसँग भनिन्, ‘यो भूमि हाम्रो हो भन्ने हामीसँग तथ्य र प्रमाण छ। तथ्य प्रमाण विनै हामीले दाबी गरेको भए केही असहज हुनसक्थ्यो होला। तर हामीसँग तथ्य र प्रमाण छन्।’

उनले नक्सामा समेटेको नेपाली भूमि नेपालले भोगचलन गर्न कुटनीतिक वार्तामार्फत नै निकास खोज्ने सरकारको नीति भएको र परराष्ट्र मन्त्रालयले त्यसको तयारी गरिरहेको मन्त्री तुम्बाहाङ्फेले बताइन्।

मन्त्री तुम्बाहाङ्फेसँग गरिएको भिडिया संसाद




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.