लागु औषधसहित ५ जना पक्राउ
काठमाडौं । प्रहरीले लागु औषधसहित ५ जना पक्राउ गरेको छ। लागु औषध ओसार–पसार विरुद्ध चलाएको अप्रेसनको क्रममा चितवन प्रहरीले भरतपुरबाट पक्राउ गरेको हो।
गोप्य सूचनाको आधारमा असार ५ गते राति ११ः३० बजे भरतपुर महानगरपालिका वडानं २ बिक्रम मार्ग सडकबाट ना ४ प ४४३९ नम्बरको बोलेरोबाट लागु औषध बरामद गरेको चितवन प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर ४ निवासी २९ वर्षका अनुज भनिने भुदत्त परियार, वडा नं. ३ नगरवन बस्ने २२ वर्षका अविनाष बोटे, वडा नम्बर २९ बस्ने २६ वर्षका आशिष थापा, २२ वर्षका कञ्चन उपरकोटी र जिल्ला नवलपरासी गैडाकोट नगरपालिका वडा नम्बर १६ बेल्डिया बस्ने वर्ष १९ की बविता महत्तो रहेको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट PHENERGAN-2ml २५५ थान, NOOPHIN-2ml २५५ थान, र DIZEPAM-2ml २५५ थान लागु औषध प्रहरीले बरामद गरेको छ।
उनीहरु सबैलाई चितवन प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।







डिसी नेपाल








Facebook Comment