मेरी बास्सैका ‘सापटे’ र ‘घिरौँले’को रुकुम घटनामा आधारित गीत बजारमा

डिसी नेपाल
८ असार २०७७ १०:०३

काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको सामुहिक हत्याकाण्डबारे एक म्युजिक भिडियो बजारमा आएको छ।

६ जनाको ज्यान जानेगरी भएको दर्दनाक सामुहिक हत्याकाण्डलाई टपक्क टिपेर बनाइएको गीतमा समर बहादुर गायकले स्वर र संगीत भरेका छन् । याे  गीत दिवाकर भण्डारी (सापटे काका) र लेखान्त भुसाल (घिरौँले) ले लेखेका हुन् ।

उक्त गीतको म्युजिक भिडियोमा दिवाकर भण्डारी, लेखान्त भुसाल, सविना भण्डारी, विष्णु खड्का, गोकुल विसी, शंकर ओझा लगायतको अभिनय रहेको छ। मेरी बास्सैका कलाकारद्वय भण्डारी र भुसालले यसअघि उक्त घटनामा आधारित सर्ट मूभि ‘इतिहास’ बजारमा ल्याएका थिए ।

म्युजिक भिडियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *