भारत-पाकिस्तान गोलीबारीमा मारिए भारतीय सेनाका नेपाली युवा कार्की

डिसी नेपाल
८ असार २०७७ २०:०९

काठमडौं। जम्मु कश्मीरको रजौरीमा सोमबार भएको भारत र पाकिस्तानी सेनाबीचको गोलीबारीमा भारतीय सेनाका एकजना नेपाली युवाको मृत्यु भएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार जम्मु कश्मीरको रजौरीमा भएको गोलीबारीमा नेपाली युवा दिपक कार्कीको मृत्यु भएको छ।

भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्रर आनन्दले पाकिस्तानी सेनासँगको भीडन्तमा हवल्दार कार्की गम्भीर घाइते भएको र पछि मृत्यु भएको जानकारी दिएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।

जुन ५ यता पाकिस्तानी सेनाको गोली लागेर ४ जना भारतीय सेनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतले पाकिस्तानमाथि युद्ध विराम उल्लंघन गरेको आरोप लगाएको छ।

सोमबार मृत्यु भएका कार्कीको नेपालको ठेगाना भने खुलेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *