निजी विद्यालयलाई शुल्क नलिन सरकारको निर्देशन
काठमाडौं। सरकारले कोरोनाभाइरस महामारीका कारण बन्द रहेका निजी विद्यालयले शुल्क मागेको प्रति आपत्ति जनाउँदै सञ्चालन नभएका विद्यालयलाई कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ।
सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै एनप्याब्सन र प्याब्सनले मागेको शुल्क नलिन निर्देशन दिएको हो। निजी विद्यालयका छाता संगठनले आइतबार अपील जारी गर्दै लकडाउन अवधिको शुल्क माग गरेका थिए।
मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशका २०७७ विपरित हुने क्रियाकलाप नगर्न निर्देशन दिएको छ। मन्त्रालयले जेठ १८ गते निर्देशिका जारी गरेको थियो ।
सरकारले असार १ गतेदेखि वैकल्पिक विधिका माध्यमबाट सिकाई क्रियाकलापका गतिवधि सञ्चालन गरेको छ।
निजी विद्याललयले शुल्क मागेपछि नेविसंघ र अनेरास्ववियुले पनि त्यस्तो शुल्क नतिर्न अभिभावकलाई आव्हान गरेका थिए।

No ads found for this position


डिसी नेपाल
Facebook Comment