विश्व नम्बर एक टेसिन खेलाडी जोकोभिच कोरोना संक्रमित
बेलग्रेड । विश्वका पुरुष नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिच कोभिड १९ बाट संक्रमित भएका छन्। सर्बियाली खेलाडीले भाइरस परिक्षणको नतिजा पोभिटिभ आएको मंगलबार जानकारी दिएका छन्। उनी एडरिन टुर प्रदर्शन प्रतियोगिता खेल्ने क्रममा संक्रमित भएका हुन्।
उनी अगाडि सोही प्रतियोगिता खेलेका बोर्न कोरिच, ग्रिगर डिमिट्रिभ र भिक्टोर ट्रोइकीलाई पनि संक्रमण भएको थियो।
जोकोभिचले भनेका छन्, ‘अहिले म बेलग्रेडमा छु र आराम गरिरहेको छु। मेरो परीक्षणमा पोजिटिभ पाइएको छ। मेरा पत्नी र सन्तानको नतिजा भने नकारात्मक आएको छ।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment