नेकपा स्थायी कमिटी बैठक : पहिलो दिन अध्यक्षद्वय ओली र दाहालको सम्वोधन
तस्वीर : रासस
काठमाडौं। सत्तारुढ दल नेकपाको बुधबार बसेको स्थायी कमिटी पहिलो दिनको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आफ्नो मन्तव्य राखेपछि सकिएको छ।
विभिन्न पाँच वटा एजेण्डा तय गरेको बैठकको पहिलो दिन ओली र दाहालले बैठकलाई सम्वोधन गरेसँगै सकिएको हो। बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले मात्रै धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। तय भएको पाँचवटा एजेण्डाको विषयमा अध्यक्षद्वयले समान्य जानकारी मात्रै दिएको श्रेष्ठको भनाइ छ। अर्को बैठक १२ गते विहान ११ बजे बस्ने सहमति भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment