अध्यक्ष राणाद्वारा स्वास्थ्य सामग्री प्रदान

डिसी नेपाल
१० असार २०७७ १६:४४

मेलम्चि । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन्। राप्रपा केन्द्रीय सदस्य उदय सापकोटा, पूर्वसांसद चलनबहादुर तामाङ, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष गोपाल नरसिं श्रेष्ठ र २ नं क्षेत्रीय अध्यक्ष फणीन्द्र दाहालले मेलम्ची नगर प्रमुख डम्बर अर्याल र स्वास्थ्य केन्द्र प्रमुख विनोद केसीलाई ती सामग्री आज हस्तान्तरण गरे।

हस्तान्तरित सामग्रीमा २६ थान पिपिई, पाँच सय थान पञ्जा, तीन सय थान बुट कभर, पाँच सय थान सर्जिकल मास्क, तीस थान गगल्स, चालीस थान केएन ९५ मास्क, तीस बोतल ह्यान्ड स्यानिटाइजर र १२ थान फेस सिल्ड छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *