पूर्व राजाले भने, ‘देशको परिस्थितिले चिन्तित तुल्याएको छ’ (विज्ञप्तिसहित)
फाईल तस्बिर
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले देशको परिस्थितिले आफूलाई चिन्तित तुल्याएको बताएका छन्। बुधबार एक सन्देश जारी गर्दै युवाहरु सडकमा किन आउनु परेको भनेर प्रश्न समेत गरेका छन्।
उनले सन्देशमा भनेका छन्, ‘नेपाल पनि विश्वव्यापी कोरोना महामारीबाट आक्रान्त छ। यो अवधिमा बढ्दै गएको मानसिक वेदना, सामाजिक विकृति एवं आर्थिक व्यथिति प्रति म गहिरो चिन्ता व्यक्त गर्न चाहन्छु।’
अहिलेको परिस्थितिमा निषेध र प्रतिशोधको भावनाले कसैको हित नहुँने उनले सन्देशमा उल्लेख गरेका छन्। उनले भनेका छन, ‘आजको कालखण्डमा परस्पर आरोप प्रत्यारोप गरेर वा निषेध र प्रतिशोधको भावना राखेर कसैको हित कदापी हुँदेन्।
नेपालको एकिकरण, स्वाधिनताको संरक्षण कसले र कहिले भयो भन्ने कुरा सबैलाई थाहा भएको उनले सन्देशमा उल्लेख गरेका छन्। उनले सन्देशमा भनेका छन्, ‘नेपाल राष्ट्रको एकिकरण, नेपालको स्वाधिनताको संरक्षण र सर्वतोमुखि विकासको चिन्तन कहिले, कसले र कोबाट भयो, त्यो आम हेक्काको विषय भैसक्यो। यस्तो गौरवमय इतिहास स्वीकार गरेर जान सक्नु पर्दछ।’
एकता नै हाम्रो शक्ति भएको शाहले सन्देशमा उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘राष्ट्रियता नै हाम्रो मुल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो । यहि ऐतिहासिक सम्पतिको जगेर्ना गर्दै अतितबाट पाठ सिक्दै अघि बढ्नु नै हाम्रो राष्ट्रिय दायित्व हो।’

No ads found for this position


डिसी नेपाल
Facebook Comment