नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

डिसी नेपाल
११ असार २०७७ ७:१५

काठमाडौँ । नेपालमा  अस्पतालको आइसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पताल पोखराको आइसीयूमा उपचाररत ५५ वर्षीय पूरुषको बुधबार राति ११ः५५ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले पुष्टि गरेको छ ।

मृतक पुरुष स्याङ्जाको सिरुवारीका स्थानीय वासी हुन् । अधावधिक विवरणसँगै नेपालमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।

असार ८ गते अस्पताल भर्ना भएका उनको स्वास्थ्य थप जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *