न्यौपानेद्वारा एक लाखको अक्षयकोष स्थापना
दाङ। मावि हापुर विजौरी दाङका पूर्वविद्यार्थी ओमप्रकाश न्यौपानेले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।
धौलु वंशज अनुसन्धान सुधार विकास समितिबाट संचालन हुनेगरी आफ्ना माता पिताको सम्झनामा उनले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। अक्षयकोष कृषि विकास बैंक घोराहीमा रहने छ। यो अक्षयकोषबाट ‘जीवेश्वरा न्यौपाने/दुर्गा प्रसाद न्यौपाने पुरस्कार’ प्नदान गरिने बताइकाे छ।
उक्त अक्षय काेषबाट विद्यालयका तीन विद्यार्थीलाई पुरस्कृत गरिने छ। आफ्नो जन्मथलो, आफूले अक्षराम्भ गरेको र सात बर्ष अध्ययन गरेको विद्यालयका बालबालिकालाई थप प्रोत्साहनका लागि सहयोग पुगोस् भनेर आफूले अक्षयकोष स्थापना गरेको न्यौपानेले बताए। साथै मातापिताको सम्मान पनि दीर्घकालीनरुपमा होस् भनेर अक्षयकोष स्थापना गरिएको उनले जानकारी दिए।
न्यौपानेले शैक्षिक क्षेत्रमा गरेकाे योगदानको उच्च मूल्याङ्कन गरिएको प्रधानाध्यापक केशव रिजालले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment