फाँसीको सजाय नभएकाले बलात्कारी डराएनन् : नेकपा सांसद चौधरी (भिडियाेसहित)

डिसी नेपाल
११ असार २०७७ १८:५७
4
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०की सांसद लक्ष्मी कुमारी चौधरीले बलात्कारीलाई फाँसी दिने कानुन बनाउनुपर्ने बताएकी छन्। डिसी नेपालसँग कुरा गर्दै उनले यस्तो कानून नबनेसम्म छोरी चेली सुरक्षित नहुने धारणा व्यक्त गरिन्।

राज्य व्यवस्था तथा सुशासन समिति सदस्यसमेत रहेकी सांसद चौधरीले नेपालको संविधानले बलात्कारीलाई फाँसीको सजाए दिने व्यवस्था नगरेकाले बलात्कारीहरु नडराएको बताइन्।

नागरिकता ऐन २०६३ संशोधन प्रस्तावमा नेपाली नागरिकसँग विहे गरेर आउने महिलाको हकमा ७ वर्षपछि मात्र नेपाली नागरिकता दिने व्यवस्था गर्न लागिएको बताइन्। उनले भनिन्, ‘हामीले राजनीतिक अधिकार बाहेकका सबै अधिकार प्रयोग गर्न पाउने गरी संशोधन प्रस्ताव गरेका छौं। छिमेकी देशहरुमा पनि कहिँ ७ वर्ष, कहि ५ वर्षपछि मात्र नागरिकता दिने चलन छ।’

सांसद चौधरीले नेपाली चेली भारतमा विहे गरेर जाँदा ७ वर्ष कुर्नुपर्ने तर भारतीय चेलीलाई पछिल्लो दिन नै नागरिकता किन दिनु पर्यो भनेर प्रश्न समेत गरिन्। उनले भनिन्, ‘हाम्रा चेलीले भारतीयसँग विहे गरे भने ७ वर्ष कुर्नुपर्ने, उनिहरुलाई पछिल्लो दिन किन रु हामी समान हैनौं र ?’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *