सोमबारदेखि शेयर बजार खुल्ने

डिसी नेपाल
१४ असार २०७७ १४:५९

काठमाडौं। सोमबारदेखि शेयर बजार खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डको बैठकले सोमबारदेखि बजार खोल्नका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिने निर्णय गरेको हो।

सरकारले कोरोना भाइरस (कोभिड—१९) को संक्रमण रोक्न गरेको लकडाउन गरेपछि चैत ११ गतेदेखि शेयर बजार बन्द भएको थियो। बीचमा बैशाख ३० र ३१ मा दुई दिन खुल्ला भएपनि चलखेल भएको भन्दै अर्को व्यवस्था नभएसम्म भन्दै बजार बन्द गरिएको थियो।

सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाएपनि शेयर बजार भने खुलेको थियो। लामो समयसम्म बजार बन्द गरिएको भन्दै लगानीकर्ताहरु खोल्नका लागि दवाव दिदै आएका थिए।

नेपाल धितोपत्र बोर्डको कार्यक्रममा समेत अर्थमन्त्रीले आवश्यक स्वास्थ्य सर्तकता अपनाएर बजार संचालन गर्न निर्देशन दिएका थिए।
अब बोर्डले निर्देशनपछि शेयर बजार संचालन मोडालिटीबारे भने नेप्सेले नै निर्णय गर्नेछ। नेप्से नेपालमा शेयर कारोबार गर्ने एकमात्र बजार हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *