मान्छेजत्रो चमेरा देखिएपछि स्थानीय त्रसित !

डिसी नेपाल
१५ असार २०७७ ९:२०
4
Shares

काठमाडौं। अहिले विश्वभरी कोरोनाभाइरसको प्रकोप जारी छ । चीनको वुहानबाट सुरु भएको मानिएको यो भाइरसले लाखौंको ज्यान लिइसकेको छ । यो भाइरसको संक्रमण सुरु भएदेखि नै भाइरस चमेराबाट मानिसमा सरेको आशंका गरिएको छ । यही बीचमा विशालकाय चमेरा वरपर देखिएपछि फिलिपिन्समा त्रासको वातावरण बनेको छ ।

गल्फ न्यूजका अनुसार फिलिपिन्समा मानिसजत्रै चमेरा देखिएको छ । कुनै घरको बाहिर उल्टा झुण्डिएको यो चमेरा देखेर स्थानीय डराएका छन् । यो चमेरा लगभग ६ फिटको देखिएको छ । सामाजिक संजालमा यसका तस्वीर भाइरल भइरहेका छन् । एक प्रयोगकर्ताले ट्वीटरमा यो चमेराको तस्वीर पोस्ट गरेपछि भाइरल भइरहेको छ । पोस्टमा कमेन्ट गर्दै अन्य प्रयोगकर्ताहरुले यसलाई डरलाग्दो भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *