गलवानमा भारत–चीनका सेनाबीच हिंस्रक झडपको कारण आगो !

डिसी नेपाल
१५ असार २०७७ १२:१२

नयाँ दिल्ली। भारतका केन्द्रीय मन्त्री तथा अवकाशप्राप्त सेना प्रमुख जनरल भीके सिंहले गलवानमा भारत र चीनका सेनाबीच १५ जूनमा भएको हिंस्रक झडपको कारण आगो भएको बताएका छन् । चिनियाँ सेनाको एक पालमा लागेको आगोका कारण झडप भएको भए पनि आगो कसरी लाग्यो भन्ने खुल्न नसकेको उनले बताएका छन् ।

पूर्व सेनाप्रमुख सिंहले एबीपी न्यूजलाई दिएको एक अन्तरवार्तामा भने ‘घटना पट्रोलिङ प्वाइन्ट १४ नजिकैको हो । १५ जूनको साँझ हाम्रा सैनिक त्यहाँ चिनियाँ सेना फर्कियो कि फर्किएन भनेर हेर्न गएका थिए । यो हाम्रा सैनिकको जिम्मेवारीमा पर्ने इलाका हो । हाम्रा सैनिकले देखे कि चीनका सबै सैनिक फर्केर गएका छैनन् । उनीहरु पट्रोलिङ प्वाइन्टको नजिकै देखिएका थिए ।’

जनरल सिंहले भने ‘त्यहाँ एउटा पाल चिनियाँहरुले हाम्रो अनुमति लिएर लगाएका थिए । यसको माध्यमबाट उनीहरु भारतीय सैनिक पछि हटे कि हटेनन् भन्ने हेर्न चाहन्थे । हाम्रा सैनिकले देखे कि चिनियाँहरुले त्यो पाल त्यतिबेलासम्म हटाएका थिएनन् । हाम्रा कमाण्डिङ अफिसरले चिनियाँहरुलाई पाल हटाउन आदेश दिए । चिनियाँ सैनिकले पाल हटाउन लाग्दा अचानक त्यसमा आगो लाग्यो । चिनियाँ सैनिकले त्यहाँ के राखेका थिए भन्ने कसैलाई थाहा छैन । पहिलो शंका त यही हुन्छ कि उनीहरुले नै पालमा आगो लगाए । त्यसपछि वादविवाद भयो अनि हिंसा ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *