कराची स्टक एक्सचेन्जमा आतंकवादी आक्रमण, ४ आतंकवादी सहित ७ जना मारिए

डिसी नेपाल
१५ असार २०७७ १४:४७

कराची। पाकिस्तानको कराची स्टक एक्सचेन्जमा सोमबार बिहान आतंकवादी आक्रमण भएको छ । भिडन्तमा ४ जना आतंकवादीसहित ७ जना मारिएका छन् । मृत्यु हुने अन्यमा १ जना पुलिस सब इन्स्पेक्टर र २ सुरक्षा गार्ड रहेको पाकिस्तानी अखबार डनले जनाएको छ । ७ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जना पुलिसकर्मी छन् । ४ जनाको अवस्था गम्भीर छ ।

आतंकवादीहरुले बिहान १० बज्नै लाग्दा स्टक एक्सचेन्जको गेटमा ग्रेनेड आक्रमण गरेका थिए । उनीहरु भित्र पस्न चाहन्थे तर ट्रेडिङ हल वा भवनभित्र प्रवेश गर्न भने सकेनन् । आक्रमणको जिम्मेवारी बलुच लिबरेशन आर्मी (बीएलए)ले लिएको छ । सामाजिक संजालमा केही ट्वीटमा तीन जना आतंकवादीको तस्वीर शेयर गरिएको छ । आक्रमणमा यिनै आतंकवादी संलग्न रहेको दावीसमेत गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *