टिकटकलगायत ५९ चिनियाँ एप्समाथि भारतमा प्रतिबन्ध

डिसी नेपाल
१५ असार २०७७ २१:५६
4
Shares

नयाँ दिल्ली (एजेन्सी)। भारत र चीनबीच सीमा विवाद चर्किरहेकाबेला भारतले चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध लगाएको छ। भारतले ५९ वटा चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यसरी प्रतिबन्ध गरिएका एप्सहरु चीनमा बनेका हुन भने केहीको स्वामित्व चिनियाँ कम्पनीको हो।

भारतले प्रतिबन्ध लगाएका ऐप्समा टिकटक, यूसी ब्राउजर र शेयरइट जस्ता एप छ। यी एप्स भारतमा निकै लोकप्रीय छन्।

हालै गलवान उपत्याकामा भारतीय र चिनियाँ सेनाबीच भएको झडपमा कम्तिमा २० जना भारतीय सैनिक मारिएपछि भारतमा चिनियाँ उत्पादनलाई बहिस्कार गर्ने आवाज उठिरहेकोबेला सरकारले यस्तो निर्णय लिएको हो।

इलेक्ट्रिोनिक्स तथा आइटी मन्त्रालयलेका अनुसार यी एप्सलाई भारतको संप्रभुता एवं एकता, सुरक्षा र व्यवस्थाका लागि हानिकार भएका कारणले प्रतिबन्ध लगाइएको हो।

सीमा विवाद जारी रहेकाबेला भारतले चालेको यो कदमले विवाद झन चर्किने देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *