नेकपा (एमाले) दर्ता गर्न निर्वाचन आयोगमा निवेदन
काठमाडौं । निर्वाचन आयोगमा नेकपा (एमाले) नामको पार्टी दर्ताका लागि निवेदन दर्ता गरिएको छ। मंगलबार नेकपा (एमाले) नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
‘नेकपा (एमाले) नामको दल दर्ताको लागि निर्वाचन आयोगमा मंगलबार निवेदन दर्ता भएको छ’, प्रवक्ता श्रेष्ठले डिसी नेपालसँग भने, ‘अब आयोगले कागजात, नागरिकता र निवेदन दर्ताका लागि बुझाइएको हस्ताक्षरको अध्ययन गरेपछि दल दर्ताको प्रकृया अगाडि बढ्छ।’
नेकपा (एमाले) नाम गरेको दल गरेको अध्यक्षमा सञ्जय अधिकारी नाम रहेको छ। यसअघि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर हाल नेकपा गठन भएको छ।
तत्कालीन माओवादी नेता गोपाल किँरातीले नेकपा माओवादी नामकै दल दर्ता गरेका छन् र आयोगले त्यसलाई मान्यता पनि दिएका छन्। तर, नेकपा गठन भएपछि नेकपा (एमाले) नामको दल निर्वाचन आयोगमा दर्ता भएको थिएन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment