पेट्रोलियम पद्धार्थको मूल्य बढ्यो

डिसी नेपाल
१६ असार २०७७ २०:४८

काठमाडौं। पेट्रोलियम पद्धार्थको मूल्य बढेको छ। मंगलबार रातीदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको निमगले जनाएको छ। भारतले मूल्य बढाएपछि यहाँ पनि मुल्य बढाइएको निगमले जनाएको छ। भारतमा विगत एक महिनादेखि लगातार मूल्य बढिरहेको छ।

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ। अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ७८.७ रुपैयाँ पुगेको छ।

भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६।०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूलय बढाइएको निगमले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *