भारतीयको अवरोधपछि हुलाकी राजमार्ग निर्माणको काम रोकियो

डिसी नेपाल
२२ असार २०७७ १९:१७

काठमाडौं। भारतीय पक्षको अवरोधपछि कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा पर्ने हुलाकी राजमार्गको निर्माण रोकिएको छ। बेलौरी नगरपालिका वडा नम्बर ८ मा पर्ने पुचईमा नेपालले राजमार्गको काम गरिरहेको बेला भारतीय पक्षले दशगजा क्षेत्रमा सडक बनाइएको भन्दै अवरोध गरेको थियो।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले आइतबारबाट काम रोकिएको जनाकारी दिए। उनले डिसी नेपालसँग फोनमा भने, ‘पिल्लर नम्बर ३८ रहेको यो क्षेत्र पहिलादेखि नै विवादित हो। उनीहरुको अवरोधपछि हामी तत्काल काम रोक्न भनेका छौं।’

नेपालले राजमार्गको ट््रयाक खोल्ने काम सम्पनन्न गरिसकेको क्षेत्रमा भारतीय अवरोध भएको हो। हाल त्यहाँ ग्रावेलको काम भइरहेको थियो। विवादित क्षेत्र भएकाले अहिलेलाई काम रोकिएको र दुबै देशका सर्वे टिमले सीमाको निक्र्यौल गरेपछि काम शुरु हुने प्रमुख जिल्ला अधिकारीले बताए। उनले यो विषयमा माथिल्लो निकाय गृह मन्त्रालयमा जानकारी गराइ सकिएको बताए।

नेपाल र भारतबीच नेपालले नयाँ नक्सा जारी गरेपछि देखिएको यो अर्को विवाद हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *