भारतीय मिडियामा नेपालविरुद्ध प्रोपोगाण्डाः स्थापना नै नभएको सुरक्षा चौकी हटाएको हल्ला
फाइल फोटो
काठमाडौं। नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यमहरुले नेपालविरुद्ध हुँदै नभएको कुरा भयो भनेर हल्ला फैलाइरहेका छन्। यसैक्रममा भारतको अंग्रेजी भासाको पत्रिका हिन्दुस्तान टाइम्सले आफ्नो अनलाईन संस्करणमा अर्को प्रोपोगाण्डा समाचार प्रकाशित गरेको छ।
समाचार हो नेपालले सूदुरपश्चिमको दार्चुलाबाट सीमा सुरक्षा चौकी हटाएको विषय।
तर, त्यहाँबाट नेपालले सीमा सुरक्षा चौका हटाएको छैन, बरु थपेको छ। सशस्त्र प्रहरी बल (एपीएफ)का प्रवक्ता डीआईजी प्रवीनकुमार श्रेष्ठले दार्चुलाबाट कुनै सीमा सुरक्षा चौकी नहटाइएको बताए। उनले डिसी नेपालसँग भने, ‘हामीले त्यहाँबाट चौकी हटाएका छैनौं, बरु थपेका छौं। अहिले दार्चुला जिल्लामा ४ वटा सीमा सुरक्षा चौकी छन्। त्यहाँ अरु चौकी थप्ने तयारी भइरहेको छ।’
उता हिन्दुस्तान टाइम्सले दार्चुलामा ६ वटा सीमा चौकी स्थापना गरिएको र ती मध्ये २ वटा हटाएको भनेर हुँदै नभएको समाचार प्रकाशित गरेको छ। नेपालले दार्चुलामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेपछि त्यहाँ सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी स्थापना गरेको छ। नेपालले सीमा क्षेत्रमा २२१ वटा सीमा सुरक्षा चौकी थप्ने गरी काम गरिरहेको डीआईजी श्रेष्ठले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment