भक्तपुरमा इनारबाट निस्कियो ग्यास, एक महिला जलेर घाइते

डिसी नेपाल
२३ असार २०७७ १५:२९

भक्तपुर। चाँगुनारायण नगरपालिका–२ हिन्दुनगरमा मंगलबार बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते भएकी छन्।

भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ इनारबाट निस्केको ग्यासहितको आगोको लप्काले उनको अनुहारसहित केही भाग जलेको हो। उनको सुष्मा मेमोरियल अस्पताल साँखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उदयपुर स्थायी घर भएकी उनले केही समयअघि मात्र त्यहाँ घर खरिद गरी कमाउण्डमा इनार खनेकी थिइन्। इनारमा अहिले पनि ग्यासको प्रवाह निरन्तर भइरहेको छ।

सलाइ कोर्नासाथ ठूलो आवाजसहित इनारको ढकनी नै उछिट्याएर ग्याससहित आगो लप्का निस्किएको थियो। सो वडाअध्यक्ष शिवहरि केसी र प्रहरी टोलीले घटनास्थल पुगेर घटनाका बारेमा जानकारी लिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *