ब्राजिलका राष्ट्रपतिलाई कोरोना पुष्टि
काठमाडौं । ब्राजिलका राष्ट्रपति जाइर बोलसोनारोलाई कोरोना पुष्टि भएको छ। सोमबार ज्वरो आउनेलगायतका लक्षण देखिएपछि उनले आफ्नो कोरोना परीक्षण गराएका थिए। उक्त परिक्षणमा उनलाई कोरोना देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
राष्ट्रपति बोलसोनारोले कोरोना संक्रमणलाई सामान्य फ्लू भएको र यसबाट आफू गम्भीर रूपमा संक्रमित नहुने बताउँदै आएका थिए। उनले केही दिनअघि त्यहाँका स्थानीय सरकारलाई आर्थिक गतिविधीमा ह्रास आएको भन्दै जारी लकडाउन खुकुलो पार्न आग्रह समेत गरेका थिए। बोलसोनारोले गत अप्रिलमा आफूलाई पनि कोरोना भाइरसको संक्रमण हुनसक्ने भन्दै यसलाई धेरै गहन रूपमा नदिई सामान्य फ्लूको रूपमा लिन आग्रह गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment