सभामुख सापकोटाको आँखाको शल्यक्रिया
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ।
उनको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो। वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलीले बुधबार बिहान शल्यक्रिया गरेको हो। केही समययता उनको आँखामा समस्या देखिएको थियो।
चिकित्सकहरुको सल्लाहमा बुधबार शल्यक्रिया गरिएको हो। उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेेगरी सभामुख सापकोटा स्वयमले व्यहोरेकाे सभामुखकाे सचिवालयले जनाएकाे छ। शल्यक्रिया पछि सभामुख सापकोटा आराम गरिरहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment