घरभाडा छुट दिन मान्दैनन् काठमाडौंका घरधनी

डिसी नेपाल
२४ असार २०७७ १२:३८

काठमाडौं। काठमाडौका घरधनी घरभाडा छुट गर्न तयार छैनन। कोरोना भाइरसको उच्च जोखिमबाट बच्न लागू गरिएको लकडाउनले सबैलाई मार परेको भन्दै घरभाडा छुट गर्न नसकिने उनीहरु बताउँछ्न। लकडाउनले भाडामा बस्ने मात्र नभइ आफूहरू पनि पीडित भएको उनीहरूको तर्क छ ।

घरभाडाबाट आफ्नो सबै व्यबहार धान्नुपर्ने भएकाले घरभाडा छुट दिनुपर्छ भनिरहँदा घरधनी मारमा पर्ने उनीहरुको भनाइ छ। घरको कर तिर्नु पर्छ तर भाडा नउठाउन कसरी सम्भव हुन्छ भन्दै कलंकीकी ७० बर्षीया एक घर धनी भन्छिन ‘हाम्रो २/३ वटा कोठा होइन नानी एकमहिनाको भाडा छुट गरियो भने ५०/६० हजार घाटामा जान्छ। कसरी घरभाडा छुट दिनु ? घरको कर बुझाउनै पर्ने यता भाडा चाहिँ छुट गर भनेर हुन्छ ?’

घरभाडा छुट दिएर घरधनी चाहिँ भोकै बस्नु भन्ने तर्क पनि कतिपयको छ। कलंकी चोकमा केही सटर र कोठा भाडामा दिएका एक पुरुष भन्छ्न ‘हामीले पनि खानेपिने हरेक कुरा यही घरबाट उठाएको भाडाले गर्ने हो। भाडा छुट गर्नुपर्छ भनेर हामी चाहिँ भोकै मर्न भएन नि। घरभाडा छुट गर्न सकिँदैन ।’

केही घर धनीले भाडा छुट गरेको भनिरहँदा अधिकांश घरधनी भने घरभाडा छुट गर्न नसकिने नै बताउँछन। सितापाइला चोकमा घर भएकी रन्जना खड्का भन्छिन ‘घरभाडा त छुट गर्न सकिँदैन । हाम्रो घर भर्खरै बनाएको, धेरै रकम तिर्नु छ, ब्याज पनि त्यस्तै महङ्गो छ । कि त हामीलाई पनि सबैतिरबाट छुट हुनुपर्‍यो ।

महाराजगन्ज घर भएका एक पुरुषको पनि गुनासो उस्तै छ उनी भन्छ्न ‘बैंकले व्याज लिएकै छ। सरकारलाई कर बुझाउनै पर्ने, घरधनीले मात्रै घरभाडा कसरी छुट गर्ने? यसरी घरधनी पनि मारमा पर्छन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *