सियोलका मेयर मृत फेला

डिसी नेपाल
२५ असार २०७७ २२:२५

सियोल (एजेन्सी)। दक्षिण कोरियाको राजधानी शहर सियोलका मेयर पार्क वन सुनको शव फेला परेको छ। उनी हराएको खबर भएको केही घण्टापछि शव फेला परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। दक्षिण कोरियामा पार्कलाई त्यहाँका राष्ट्रपतिपछिका सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्थ्यो। उनकी छोरीले बाबु हराएको प्रहरीमा खबर गरेकी थिइन्।

सियोलका एक पुलिस अधिकारीले उत्तरी सियोलको पहाडमा पार्कको शव भेटिएको कुरा पुष्टि गरे, तर औपचारिक घोषणा नभएसम्म उनले अरु विस्तृत विवरण दिन नसक्ने बताए।

मेयरको कार्यालयका एक सचिवले २०१७ देखि उनलाई यौन उत्पीडन गरिरहेको समाचारहरु त्यहाँका दुई वटा टेलिभिजले समाचार प्रशारण गरेका ििथए।

६४ वर्षीय पार्कले बिहीवारको लागि उनको आधिकारिक तालिका रद्द गरेका थिए। र बिरामी अवस्थामा उनलाई सिटी हलमा बोलाइएको थियो। उनकी छोरीले पुलिसलाई पार्कले गुप्त सन्देश छोडेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *