विकास दुबे इन्काउन्टरमा मारिए, जहाँ ८ जना पुलिसलाई गोली हानी मारे उनी पनि त्यहीँ मारिए
काठमाडौं। कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबे पुलिस ‘इन्काउन्टर’मा मारिएको उत्तर प्रदेश पुलिसले जनाएको छ । उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले विकासलाई मध्य प्रदेशका उज्जैनबाट उत्तर प्रदेशको कानपुर ल्याउँदै थियो । यस क्रममा बाटोमा गाडी पल्टियो । गाडी पल्टिएपछि विकासले भाग्ने कोसिस गरेको र पुलिस इन्काउन्टरमा मारिएको पुलिसले जनाएको छ ।
One of the vehicles of the convoy of Uttar Pradesh Special Task Force (STF) that was bringing back #VikasDubey from Madhya Pradesh to Kanpur overturns. Police at the spot. More details awaited. pic.twitter.com/7OTruZ2R7h
— ANI UP (@ANINewsUP) July 10, 2020
यद्यपि विकास दुबे पुलिस इन्काउन्टरमै मारिएका हुन् वा पुलिसले ‘फेक इन्काउन्टर’मा जानीजानी मारेको हो भन्ने विषयमा शंका कायमै छ । हिजो विकासले जानीजानी गिरफ्तारी दिएका थिए । उनले गिरफ्तारी दिएसँगै उनले पुलिस इन्काउन्टरमा मारिन सक्ने डरले ज्यान जोगाउन स्वयं गिरफ्तारी दिएको अनुमान गरिएको थियो । तर, स्वयं गिरफ्तारी दिएका व्यक्ति पुलिस हिरासतबाट भाग्ने कोसिस गरे र मुठभेडमा मारिए भन्ने उत्तर प्रदेश पुलिसको तर्कलाई शंकाको दृष्टिले हेरिएको छ ।
Gangster Vikas Dubey killed in encounter when he tried to flee after road accident: IG, Kanpur Mohit Agarwal
— Press Trust of India (@PTI_News) July 10, 2020
समाचार एजेन्सी पीटीआइले कानपुर रेन्जका आइजी मोहित अग्रवालको हवाला दिँदै विकास दुबे मारिएको पुष्टि गरेको छ । उत्तर प्रदेशको स्पेसल टास्क फोर्सले विकासलाई कानपुर ल्याउँदै गर्दा बाटोमा गाडी पल्टिएको थियो । कानपुर पुग्नै लाग्दा गाडी पल्टिएको थियो र यो त्यही शहर थियो जहाँ विकास दुबेले २ जुलाइमा ८ जना पुलिसकर्मीको हत्या गरेका थिए । विकासले गाडी पल्टिँदा घाइते भएका पुलिसकर्मीको पेस्तो लिएर भाग्न खोजेपछि पुलिसले गोली चलाउनु परेको बताइएको छ ।







डिसी नेपाल







Facebook Comment