आगामी तीन दिन लगातार वर्षा हुने, सचेत रहन आग्रह
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन लगातार वर्षा हुने जनाएको छ। न्यून चापीय रेखा तराई भू–भाग नजिकै भएकाले देशैभर वर्षा भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको हो।
मौसम शाखाका अनुसार आगामी तीन दिन देशैभर लगातार वर्षा हुने सम्भावना छ। शाखाले २६ गते शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई मेघगर्जनसहित वर्षा हुनेछ। केही स्थानमो भारी बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै शनिबार दिउँसो देशभर मेघगर्जनसहित प्रदेश १ र २ का केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। बागमती, गण्डकी, सुदूर पश्चिम प्रदेशका केही स्थानमा पनि भारी बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यता प्रदेश ५ र कर्णाकी प्रदेशमासमेत भारी वर्षा हुनसक्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। आइतबार दिउँसो देशभर वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आइतबार राति मेघगर्जनसहित सामान्यदेखि मध्यम बर्षाको सम्भावना रहेको महाशाखाले जनाएका छन्।
अबको तीन दिन देशका अधिकांश स्थानमा भारी बर्षाको सम्भावना रहेकाले नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने संभावना रहेकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment