सात करोड ३२ लाख विगो दावीसहित दुइ कम्पनीविरुद्ध मुद्दा

डिसी नेपाल
२६ असार २०७७ १४:५७

काठमाडौं। राजस्व अनुसन्धान विभागले दाङका दुईवटा कम्पनी विरुद्ध ७ करोड ३२ लाख विगो दावीसहित राजस्व छली अभियोगमा मुद्दा दायर गरेको छ। विभागले श्याम ग्लास इन्ड्रष्ट्रिज र महाशक्ति गुट्खा उद्योग विरुद्ध उच्च अदालत तुलसीपुर, बुटवलमा मुद्दा दायर गरेको जनाएको छ।

विभागले श्याम ग्लास इन्ड्रष्ट्रिजलाई ६ करोड ६९ लाख रुपैया विगो दावी गरिएको छ। कम्पनीले सरकारलाई तिर्नुपर्ने राजस्व नतिर्ने एवं कम तिर्ने उदेश्य राखी संस्थाद्वारा उत्पादित सिसा तथा सिसाजन्य बस्तुमा अन्तःशुल्क असुल नगरी राजस्व चुहावट गरेको आरोप लगाएको छ।

त्यस्तैगरी विभागले महाशक्ति गुट्खा उद्योग विरुद्ध पनि ६३ लाख आठ हजार सातसय ५ रुपैयाँ विगो दावी र कैद सजायको माग गरेको छ। कम्पनी विरुद्धमा पनि राजस्व छली गरी राज्यलाई नोक्सानमा पारेको आरोप लगाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *