२४ घण्टामा ११८ जना थपिए, १२० जना डिस्चार्ज

डिसी नेपाल
२६ असार २०७७ १६:४३

काठमाडौं। नेपालमा गत २४ घण्टामा १ सय १८ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरीएको ४ हजार ८ सय ६ वटा नमुनमा गरीएको पीसीआर परीक्षणबाट १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ६ सय ४९ रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १ सय २० जना डिस्चार्ज भएर घर फर्केका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ८ हजार ११ जना पुगेको छ।

अहिलेसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३ हजार ९ सय १० जना रहेको डा. गौतमले जानकारी दिए। यस्तै, ८ हजार ६ सय ३ जनाको देशका विभन्न अस्पतालहरुको आइसोलेसनमा उपचार भइरहेको छ।

धनकुटा, भोजपुर, सोलुखोम्बु, मुस्ताङ, मनाङ र हुम्ला गरी ६ जिल्लाहरु कोरोना मक्त जिल्ला भएका छन् भने, महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा हालसम्म ५ सय भन्दा बढी कोरोना संक्रमितहरु रहेका छन्।

गत २४ घण्टाको रीपोर्ट अनुसार बागमती प्रदेशमा सबै भन्दा धेरै ५१ जना कोरोनाका संक्रमितहरु देखिएका छन्। प्रदेश २ मा २०, कर्णालीमा १५, गण्डकीमा १३, प्रदेश ५ मा १२, प्रदेश १मा ४ जना र सुदूरपश्चिम प्रदेशमा ३ जनामा कोरोना पुष्टि भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *