प्रधानसेनापति थापाद्वारा प्रहरी महानिरीक्षक थापालाई बधाई

डिसी नेपाल
२६ असार २०७७ १६:५९

काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई एवम् शुभकामना दिएका छन्।

प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार भेटघाट गरी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नेपाल सरकारद्वारा नियुक्त भएकोमा सफल कार्यकालको शुभकामना सहित बधाई दिएका हुन्। प्रधानसेनापति नयाँ आइजीपीलाई बधाई दिन गएकोचाहि यो पहिलो पटक हो । यसअघि प्रहरी महानिरीक्षक जंगी अड्डा जाने चलन थियो ।

भेटघाटका अवसरमा प्रधानसेनापति थापा र प्रहरी महानिरीक्षक थापा क्षेत्री बीच दुबै संगठन बीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो ।

प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरी समेत प्रदान गरे।

उक्त अवसरमा प्रहरी माहनिरीक्षक थापा क्षेत्रीले प्रधानसेनापति थापालाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *