बोलिभियाकी राष्ट्रपति कोरोनाभाइरसबाट संक्रमित
बोलिभिया । बोलिभियाकी अन्तरिम राष्ट्रपति जेनिन अनेज चाभेजलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्थानीय समयानुसार बिहीबार उनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।
“मलाई कोरोनाभाइरसको संक्रमण भएको छ, मैले सामान्य महसुस गरेको छु र आइसोलेसनमै बसेर मैले मेरो काम गर्नेछु, उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी ।”बोलिभियाका स्वास्थ्य मन्त्री, केन्द्रिय बैंकका प्रमुख र राष्ट्रपति कार्यालयका प्रशासन प्रमुखलाई पनि कोरोनाभाइरसको संक्रमण भएको यसअघि नै पहिचान गरिएको थियो ।
यसअघि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो पनि कोरोनाभाइरसबाट संक्रमित भएको समाचार सार्वजनिक भएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment