कजाकिस्तानमा कोरोनाभन्दा खतरनाक भाइरस फैलिएको आशंका
सांकेतिक तस्वीर
काठमाडौं । कजाकिस्तानमा कोरोना भाइरस भन्दा खतरनाक निमोनिया फैलिएका आशंका चीनले गरेको छ। त्यहाँको स्थानीयमा उक्त अज्ञात निमोनिया फैलिएको भन्दै चीनले त्यहाँ रहेका आफ्ना नागरिकलाई सचेत गराएको छ। यो निमोनिय कोरोना भन्दा खतरनाक र घातक भएको चिनियाँ सञ्चार माध्यम साउथ चाईना मर्निङ पोष्टले जनाएको छ। तर कजाकिस्तानले भने उक्त चेतावनीलाई चीनले फैलाएको अफवाह भनेको छ।
कजाकिस्तानस्थित चिनियाँ दूतावासले बिहिबार विज्ञप्ति जारी गर्दै चेतावनी दिएको हो। विज्ञप्तिमा उक्त अज्ञात निमोनियाको कारण ६ महिनामा १७७२ जनाको मृत्यु भएको जनाइएको छ। यस्तै जुनमा मात्रै ६२८ जनाको मृत्यु भएको र तिनिहरुमा चिनियाँ नागरिक पनि रहेको दूतावासले बताएको छ।
कजाकिस्तानको स्वाथ्यविभाग सहित अन्य संगठनले उक्त निमोनियाको भाइरस बारेमा अध्ययन गरिरहेको चिनियाँ दूतावासले आफ्नो बयानमा भनेको छ। हालसम्म उक्त रोग कोरोनासँग सम्बन्धित छ कि छैन भनेर कुनै प्रमाण फेला परेको छैन्। तर कजाकिस्तानको स्वास्थ्य मन्त्रालयले भने चिनियाँ दूतावासको उक्त बयानलाई झूठो बताएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment