प्रेमी जोडीलाई आपत्तिजनक अवस्थामा भेटेपछि गाउँलेले बाँधेर कुटे
काठमाडौं । एक प्रेमी जोडीलाई गाउँलेले डोरिले बाँधेर कुटेका छन्। दुई युवायुवतीलाई आपत्तिजनक अवस्थामा भेटेपछि गाउँलेले कुटपिट गरेका हुन्।
यो घटना भारतको बिहार मोतिहारीको भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। एक युवक आफ्नी प्रेमिकालाई भेट्न युवतिको घर गएका थिए। त्यहाँ ति दुई जनालाई आपत्तिजनक अवस्थामा भेटेपछि युवतिका परिवार तथा गाउँलेले उनीहरुलाई डोरीले बाँधेर कुटेको भिडियो भाइरल भएको छ।
गाउँलेले उनीहरुलाई कुटपिट गरेर पुलिसलाई बुझाएका छन्। पुलिसले भने घटनाको विषयमा केही बोलेको छैन् । तर गाउँलेलाई कानून हातमा नलिन चेतावनी दिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment