भारतीय सञ्चारमाध्यम प्रकरणः नेपाल प्रेस काउन्सिलले भारतीय प्रेस काउन्सिललाई पठायो पत्र

डिसी नेपाल
२६ असार २०७७ २०:५२
4
Shares

काठमाडौं। नेपालमा भारतीय न्यूज च्यानल स्वतःस्फुर्त बन्द गरिएको भोलिपल्ट (शुक्रबार) नेपाल प्रेस काउन्सिलले भारतीय प्रेस काउन्सिललाई पत्र पठाउँदै नेपाल र नेपालका प्रधानमन्त्रीविरुद्ध अनर्गल प्रचार गर्ने भारतीय सञ्चार माध्यममाथि कारबाही गर्न माग गरेको छ।

नेपाल प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले भारतीय प्रेस काउन्सिलका अध्यक्ष न्यायधीश चन्द्रमौली कुमार प्रसादलाई पत्र पठाएका हुन्। पत्रमा दुई देशबीचको सदिऔंदेखिको सम्बन्धमा तिक्ततता ल्याउने गरी भारतीय सञ्चार माध्यमहरुले आचारसंहिताभन्दा बाहिर गएर नेपालविरुद्ध समाचार प्रशारण गरेको भन्दै उनीहरुमाथि कारबाही गर्न भनिएको छ।

पत्रमा भारतीय जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीबारे प्रशारण गरेको रिपोर्टबारे उल्लेख गर्दै भारतीय सञ्चार माध्यमहरुले नेपालको सम्प्रभुतामाथिको आक्रमण भन्दै कारबाहीको माग गरिएको छ। पत्रमा प्रेस काउन्सिल नेपालका अध्यक्ष श्रेष्ठले सार्क अन्तरगर्त दक्षिण एशियाली प्रेस काउन्सिल बनाउने कुरा भएको स्मरण पनि गराएका छन्। नेपालले नयाँ नक्सा जारी गरेपछि नेपाल विरोधी अभियान चलाएको भन्दै आलोचना गरिएको छ। अध्यक्ष श्रेष्ठले भारतीय सञ्चार माध्यमहरुले पत्रकार आचार संहिताको पालना गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *