कजाकिस्तानको निमोनिया कोभिड १९ हुनसक्छ : विश्व स्वास्थ्य संगठन

डिसी नेपाल
२७ असार २०७७ १९:२४

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कजाकिस्तानमा हालै देखिएको भनिएको निमोनियाको प्रकोप पनि कोभिड १९ हुन सक्ने बताएको छ । तर त्यस विषयमा उक्त संगठनका स्वास्थ्य विज्ञहरुले अनुसन्धान थालेका पनि बताएको छ । हालैमात्र कजाकिस्तानमा अज्ञात निमोनियाजस्तो देखिने रोगको प्रकोप फैलिएको समाचार आएको थियो ।

विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक माइकेल रायनले सो विषयमा शनिबार जानकारी दिएका छन् । उनले मध्य एसियाली देश कजाकिस्तानमा केही दिन यतादेखि निमोनियाजस्तो देखिने रोगको संक्रमण बढेको भन्ने विषयमा समाचार आएको र त्यस बारेमा अनुसन्धान गर्न यस संगठनका विज्ञहरु पुगेको बताएका हुन्।

त्यस प्रकोपबाट मात्र पछिल्ला केही दिनयता मात्र त्यस देशमा १ हजार ७०० भन्दा बढी नागरिकको ज्यान गएको समाचार बाहिर आएको थियो । साथै उनले पछिल्लो समयमा त्यस देशमा कोभिड १९ को धेरै ठूलो प्रकोप बढिरहेको देखिएको जानकारी पनि दिए।

उनले भने– पछिल्ला दिनहरुमा सो देशमा कोभिड १९ को पनि ठूलो महामारी बढिरहेको छ, गएको हप्तादिनमा मात्र त्यहाँ कम्तीमा पनि १० हजार जनालाई यो महामारीको प्रकोप देखापरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *