‘नेपालका प्रधानमन्त्री ओलीलाई भिलेन बनाएर भारतीय मिडियाले ठूलो भुल गरिरहेका छन्’

डिसी नेपाल
२८ असार २०७७ १४:३५

बीबीसी। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी संकटग्रस्त केपी शर्मा ओली सरकारमा धेरै बैठकहरूमा सहभागितालाई लिएर निसानामा छिन्।

नेपालमा प्रतिपक्षदेखि लिएर संचारमाध्यमसम्मा घरेलु राजनीतिमा कुनै पनि राजदूतको यस्तो सक्रियता ठीक छैन भनेर प्रश्न उठ्यो। उनको भेटवार्ताको क्रम विगत दुई महिनादेखि चलिरहेको छ।

भारतका लागि नेपालका राजदूत रहिसकेका लोकराज बरालले चिनियाँ राजदूतको सक्रियताका विषयमा पाँच मेमा नेपाली टाइम्सलाई चीन नेपालको राजनीतिमा लघु व्यवस्थापनको दिशामा अघि बढिरहेको छ र यो केही केही वर्ष अघि भारतले नेपालमा यस्तै काम गर्ने गरेको टिप्पणी गरेका छन्।

सात जुलाईमा काठमाडौंमा नेपाली विद्यार्थीहरूले हौ यान्छीको सत्तारुढ पार्टीका नेताहरूसँगको भेटको बिरूद्ध काठमाडौंमा चिनियाँ दूतावास बाहिर प्रदर्शन गरे। उनीहरुले प्लेकार्डमा दूतावास सत्तारूढ नेताहरूको घरबाट संचालित हुन नहुने लेखेका थिए। केही विपक्षी नेताहरूले यसबारे प्रश्न उठाए।

पार्टीका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा खोजिरहेका छन्। पूर्व प्रधानमन्त्री प्रचण्डको पक्षधरले ओलीको राजीनामा राजीनामा मागिरहेका छन्। भारतका मुलधारका मिडियाले ओली भारतविरोधी भएकोले चीनले ओली सरकार बचाउनलाई कोशिस गरिरहेको दाबी गरेका छन्।

कतिपय भारतीय न्युज च्यानलले पनि प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत हो यान्छीको बारेमा आपत्तिजनक र भ्रामक समाचार प्रकाशसन गरेका थिए। केही च्यानलहरूले ओली हनी ट्र्यापमा फसेको बताएका थिए।

नेपालले यी प्रतिवेदनमा कडा आपत्ति जनायो। र केबल अपरेटरहरूलाई त्यस्ता भारतीय न्यूज च्यानलहरू प्रसारणलाई आफ्नो दायित्वका रूपमा रोक्न भन्यो। काठमाडौं पोस्टका अनुसार नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफूले भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्यलाई भारतीय विदेश मंत्रालयमा कडा आपत्ति जनाउन आग्रह गरेको बताए।

राजदूत आचार्यले भारतीय मिडियाले नेपाल र भारतबीच द्विपक्षीय सम्बन्ध बिगारिरहेको बताए। सीमा विवादका कारण विगत केही महिनादेखि नेपाल र भारतबीचको सम्बन्ध तल्लोस्तरमा पुगेको छ। २२ मेमा, नेपालले नयाँ राजनीतिक नक्शा जारी गर्दै कलापानी, लिम्पीयाधुरा र लिपुलेखलाई आफ्नो नक्सामा समावेश गरेको छ।

त्यसपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ। यद्यपि गत वर्षको नोभेम्बरमा भारतले जम्मू कश्मीरलाई दुई केन्द्र शासित प्रदेशहरू बनाएपछि आफ्नो नक्शा अपडेट गर्दा ती क्षेत्रलाई भारतको नक्सामा समावेश गरेको थियो।

भारतले आफूले नेपालका भूभाग आफ्नो नक्सामा समावेश नगरेको बरु, ती क्षेत्र पहिलादेखि नै भारतमा रहेको दाबी गर्दै आएको छ। यी सबै विवादहरूले भारतीय मिडियामा राम्रो स्थान पाइरहेका छन्।

के भारतीय सञ्चार माध्यमले सम्पूर्ण विवादलाई कभर गरेको जस्तै दुई देश बीचको द्विपक्षीय सम्बन्धमा तनावलाई बढावा दिँदैछ?
“यसमा कुनै शंका छैन,’ भारतीय जनसंचार संस्थानका प्राध्यापक आनन्द प्रधान भन्छन्, ‘पत्रकारिताको आधारभूत कुरा भारतीय मिडियाको रिपोर्टिङमा पत्रकारिताको आधारभूत सिद्धान्तलाई फलो गरिएको हुँदैन। तपाइँको शोको लोकप्रियता बढाउनको लागि प्रधानमन्त्रीसँग कूटनीतिज्ञ कुरा गर्ने हनी ट्रयापको कुरा कसरी बनाउनु सक्नुहुन्छ? यो धेरै आपत्तिजनक छ।’’

आनन्द प्रधान थप्छन्, ‘वास्तवमा समस्या भनेको भारतीय मिडियालाई के लाग्छ भने नेपाल भारतको एक भाग हो। भारतीय मिडियाले आजसम्म पनि नेपाल एक सार्वभौम राष्ट्र हो र यसले आफ्नो निर्णय आफैं लिन सक्भने भन्ने विषयलाई स्वीकार गर्न सकेका छैनन्। नेपालले आफ्नो विदेश नीति स्वतन्त्र रुपमा चलाउन सक्छ। भारतीय मिडियाले औपनिवेशिक मानसिकताबाट छुटकारा पाउनु पर्छ। यदि उनीहरूको रिपोर्टिङ यसरी जारी रह्यो भने दुई देशबीचको सम्बन्धमा झन खराब हुनेछ।’

नेपालका नयाँ पत्रिकाका वरिष्ठ पत्रकार नरेश ज्ञवाली भन्छन्, ‘ यदि भारतीय मिडियाले नेपाल चीनको काखमा बसेको छ भने उसले पनि आफ्नो पक्षमा तथ्यहरु दिनुपर्दछ।’

उनी भन्छन्, ‘भारतले नेपालको राजनीतिमा २०१५ सम्म माइक्रो व्यवस्थापन गरिरह्यो। नेपालको राजनीति नेपाली जनताले तय गर्ने हो। हाम्रो संविधान कस्तो हुन्छ भनेर भारतले निर्णय होइन। नेपालका जनताले निर्णय गर्ने हो। यदि नेपालका मधेसी जनता संविधानमा सहमत भएन भने त्यो नेपाली जनताले नै नेपाल सरकारको बिरूद्ध विरोध गरेका थिए। भारतीय मिडियाले मधेसीलाई भारतीय मूलको बताए। किन यस्तो गर्छन्? के मधेसी समुदाय भारतीय मूलका हुन्? मधेसी नेपाली हुन् र उनको अधिकार प्राप्त गर्न भारतको आवश्यकता छैन। तर भारतले यसमा अघोषित नाकाबन्दी लगायो।’

वरिष्ठ नेपाली पत्रकार युवराज घिमरे भन्छन् कि भारतले एक भाईको जस्तो व्यवहार गर्नु हुँदैन। उनी भन्छन्, ‘यदि नेपालले सीमा विवादमा वार्ताका लागि भारतलाई अनुरोध गरिरहेको छ भने, त्यसलाई स्वीकार्नु पर्छ। तपाईँले चीनसँग कुरा गर्न सक्ने, पाकिस्तानसँग कुरा गर्न सक्ने, अनि नेपालसँग गर्नमा के कठिनाई छ।’

भारत टुडेका एक प्रख्यात एंकरले नाम न छाप्न शर्तमा भने, ‘नेपाल भारत विवादको रिपोर्ट बनाउने केही च्यानलहरु बलिउड गफ जस्तै छन्। यदि तपाईँका प्रधानमन्त्रीको मर्यादा छ भने नेपालका प्रधानमन्त्रीको पनि त्यस्तै गरिमा छ।’

बीबीसी हिन्दीबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *