अमेजन प्राइममा ‘चिनी कम रंग कडा’, हाल अमेरिका र बेलायतमा हेर्न मिल्ने

डिसी नेपाल
२८ असार २०७७ १४:५९

काठमाडौं। ‘चिनी कम रंग कडा’ अमेजन प्राइम भिडियो मार्फत रिलिज भएको छ। फिल्म हाल अमेरिका र बेलायतमा हेर्न मिल्ने छ। नेपालमा भने केही समयपछि प्रदर्शन गरिने निर्माणपक्षले जनाएको छ। फिल्मको गीत र टिजर सार्वजनिक भइसकेका छन्।

फिल्ममा मानव सुबेदी, सुशील सिटौला, अनु थापा, रविनजंग थापा, सूर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायत कलाकारको अभिनय छ। फिल्मलाई विवेक घिमिरे निर्देशिन गरेका हुन् भने गणेश देव पाण्डेको निर्माण तथा लेखन रहेको छ। फिल्ममा मानव सुवेदीको संगीत छ भने सुशील सुबेदीको शब्द रहेको छ। त्यस्तै याचोपो रचलिक र लुका मौचेरीको छायांकन, कृष्ण भण्डारीको सम्पादन रहेको छ।

विश्वभरि फैलिरहेको कोरोना महामारीका कारण फिल्म हल बन्द भए। फिल्म हल बन्द भएपछि दर्शकले नयाँ फिल्म हेर्नका लागि डिजिटल सिस्टम नै अपनाउनु परेको छ। अहिले फिल्मकर्मीले फिल्म डिजिटल प्रविधि अपनाइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *