निगमले ६५ अर्ब बुझायो राजस्व
काठमाडौं। नेपाल आयल निगमले चालु आर्थिक वर्षमा कुल ६५ अर्ब रुपैयाँभन्दा बढी विभिन्न शीर्षकमा राजस्व बुझाएको छ। असार मसान्तसम्म राजस्व ६६ अर्ब रुपैयाँ पुग्ने निगमको भनाइ छ।
चालु आर्थिक वर्षमा निगमले भन्सार शुल्क वापत १५ अर्ब १३ करोड, सडक मर्मत शुल्कका लागि ५ अर्ब २ करोड, वातावरण खर्चका लागि ३ अर्ब १ करोड रुपैयाँ राजस्व बुझाएको छ।
त्यसैगरी मुअब्जा करवापत २५ अर्ब ५२ करोड रुपैयाँ, पूर्वाधार विकास करवापत १३ अर्ब ६७ करोड रुपैयाँ र आयकर ३ अर्ब ८५ करोड रुपैयाँ राजस्व बुझाएको निगमले आइतबार पत्रकार सम्मेलन गरी जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment