थप १७ सय बढीले जिते कोरोना, ६०.७ प्रतिशत निको भए
काठमाडौं। गत २४ घण्टामा थप १ हजार ७ सय ५ जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा डिस्चाज हुने सँगै नेपालमा हालसम्म ६०.७ प्रतिशतले कोरोना जितेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म १० हजार २ सय ९४ जना देशका विभिन्न अस्पतालबाट कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका हुन्।
विश्वर हालसम्म ७६ लाख १० हजार ४ सय १७ जना कोरोना संक्रमण मुक्त भएका छन्। सबै भन्दा बढी अमेरिकामा १५ लाख १७ हजार बढीले कोरोना संक्रमण जितेका छन्।
एक तथ्याङ्क अनुसार १ करोड ३० लाख ६२ हजार १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, ५ लाख ७२ हजार २ सय बढीको कोरोनाका कारण मृत्यु भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment