नेपाली पोर्न साइट बनाउने श्रेष्ठ पक्राउ
सांकेतिक तस्वीर
काठमाडौं। विदेशबाट साइट होस्ट गरी नेपाली पोर्न साइट चलाउने एकजना पक्राउ परेका छन्। प्रहरीको साइबर ब्यूरोले पोर्न साइट चलाएको आरोपमा काठमाडौंको गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
नेपालमा अश्लील सामाग्री उत्पादन गरी आफ्नो साइटमा उनले प्रशारण गरेको ब्यूरोले जनाएको छ। एक पीडित युवतीले ब्यूरोमा उजुरी गरेपछि ब्यूरोले खोजी गर्दा उनलाई गोंगबुबाट पक्राउ गरिएको ब्यूरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए।
उनले डिसी नेपालसँग भने, ‘हामीले एकजनालाई पक्राउ गरेका छौं। यो विषयमा थप अनुसन्धान हुँदैछ।’ एक १७ वर्षीयाँ किशोरीको अश्लील सामाग्री बनाएर पोर्न साइटमा राखेको र पीडितले उजुरी गरेपछि साइबर अपराधअनुसार श्रेष्ठलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ। सो पोर्न साइट हाल बन्द रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment