इरानका पूर्व सरकारी कर्मचारीलाई मृत्युदण्ड, देशको सुरक्षा गतिविधि अमेरिकालाई बेचेको आरोप

डिसी नेपाल
३० असार २०७७ २०:०४
4
Shares

 

काठमाडौं । अमेरिकी गुतचर एजेन्सी(सीआईए)लाई आफ्नो देशको गोपनियता बेचेको आरोपमा इरानले एक पूर्व सरकारी कर्मचारीलाई मृत्युदण्ड दिएको छ। इरानी रक्षा मन्त्रालयका पूर्व कर्मचारीलाई मृत्युदण्डको सजाय दिइएको हो।

रेजा अस्गरी नामक ति व्यक्तिलाई अघिल्लो हप्ता मृत्युदण्डको सजाय दिएको ईरानी न्यायिक व्यवस्थाका प्रवक्ता घोलामहोसेन इस्मालीले बताए। असगरीले इरानको मिसाइल कार्यक्रमको जानकारी सिआईएलाई दिएको इस्मालीले बताए । अस्गरीले रक्षा मन्त्रालयको एअरस्पेस डिभिजनबाट २०१६ मा अवकास भइपछि उक्त काम गरेको उनले जानकारी दिए।

तर अस्गरीलाई कहिले हिरासतमा लिएको र उनलाई सजाय सुनाएको भने बताइएको छैन्। सीआइए र इजरायली गुप्तर विभाग मोसादलाई इरानी सुरक्षा गतिविधिको बारेमा जानकारी दिएको आरोपमा उनलाई सजाय दिइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *