हङकङलाई दिएको विशेष हैसियत अन्य गर्ने ट्रम्पको आदेशपछि चीनले दियो चेतावनी

डिसी नेपाल
३१ असार २०७७ १८:१८

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई दिएको विशेष हैसियत अन्य गर्ने आदेशमा हस्ताक्षर गरेपछि चीनले चेतावनी दिएको छ। ट्रम्पले चीनविरुद्ध बढ्दो रुपमा कडा नीति अगाल्ने क्रममा उक्त आदेशमा हस्ताक्षर गरेका थिए।

हङकङमा चीनको नयाँ सुरक्षा कानून जारी भएपछि ट्रम्पले उक्त कदम चालेको बीबीसीले जनाएको छ। तर चीनले भने उक्त कदमको कडा आलोचना गरेको छ। चीनले अमेरिकाको उक्त आदेश आफ्नो आन्तरिक मामिलामा हतस्क्षेप भएको बताउँदै आफूले पनि जवाफी कारवाही गर्ने चेतावनी दिएको छ।

चीनको विदेश मन्त्रालयले अमेरिकाको कदमको आलोचना गर्दै अमेरिकी नागरिक र संस्थालाई चीनमा प्रतिबन्ध लगाउने बताएको छ। मन्त्रालयले वयान जारी गर्दै हङकङमा नयाँ सुरक्षा कानून लागू गर्न रोक्ने चीनको कोशिश सफल नहुने बताएको छ। यस्तै अमेरिकाले आफ्नो गल्ती नसुधारेमा चीनले पनि कडाईको साथ जवाफ दिने मन्त्रालयले बताएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले वासिङ्टनमा आयोजित एक पत्रकार सम्मेलनमा हङकङको स्वतन्त्रतालाई मेटाउने सबै व्यक्ति र निकायलाई त्यसप्रति जिम्मेवार ठहर्‍याइने बताएका थिए। “हङकङलाई अब मुख्यभूमि चीनजसरी नै व्यवहार गरिनेछ,” ह्वाइटहाउसमा पत्रकारहरूलाई उनले भने। ट्रम्पले हङकङमा मानव अधिकार हनन गर्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउन मिल्ने एउटा विधयेकमा समेत हस्ताक्षर गरेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *