नेपाल र भारतमा प्रतिबन्धित ५ हजार किलो माछा बरामद
काठमाडौं। नेपाल र भारत दुवै देशमा जिउँदो माछा आयत निर्यातमा प्रतिबन्ध रहेको ५ हजार किलो माछा बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले शनिवार साँझ रानी भन्सार हुँदै आएको जिउँदो माछा बरामद गरेको हो।
सो माछालाई प्रहरीले अनुसन्धानका लागि विराटनगर क्वारेन्टाइन र विराटनगरस्थित मत्स्य कार्यालयमा चेकजाँचका लागि पठाउँदा नेपाल र भारत दुवै देशमा आयात निर्यातका लागि प्रतिबन्ध रहेको माछा काठमाडौं पठाउन लागेको खुलेको हो।
प्रदेश एक प्रहरी कार्यालयले सामान बढी ल्याउने, भन्सारमा कम तौल देखाएर राजश्व ठगी गरेको आशंकमा निगरानी गर्दा माछाको ट्रक फेला पारेको हो।
माछा ल्याउने साहुलाई पक्राउ गरी सोधपुछ गर्दा सो प्रतिबन्धित माछा काठमाडौं पठाउन लागेको खुलेको हो।
रानी भन्सारमा आयातकर्ताले ५ हजार किलो माछालाई ३ हजार किलो मात्रै आयात गरेको देखाएर २ हजार किलोको भन्सार नतिरी छुटाएका थिए। सुनसरी प्रहरी स्रोतका अनुसार अहिले सो माछा विराटनगरस्थित क्वारेन्टाइमा पठाइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment