सुदूरपश्चिमका ३ मन्त्रालयमा शंकास्पद वस्तु फेला, बम भएको आशंका

डिसी नेपाल
६ साउन २०७७ ८:००

काठमाडौं। सुदूरपश्चिम प्रदेश सभा भवन सहित कैलालीका विभिनन ठाउँमा शंकास्पद वस्तुहरु फेला परेका छन्। सुदूरपश्चिमको कैलाली जिल्लाका विभिन्न ठाउँमा रहेका संकास्पद वस्तुहरु बम भएको हुनसक्ने आशंका गरिएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले नेत्रविक्रम चन्द नेतृत्व नेकपाले बमहरु राखेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। डिसी नेपालसँग कुरा गर्दैै उनले भने, ‘विभिन्न ठाउँमा भएका शंकास्पद वस्तुहरु बम हुनसक्ने अनुमान गरिएको छ। अहिले नेपाली सेना र प्रहरीले खोजि गरिरहेको छ।’

कैलालीको धनगढीमा रहेका सुदूरपश्चिम प्रदेशका ३ मन्त्रालय, प्रदेश सभा भवन र लम्किचुहा नगरपालिकाको कार्यालय अगाडी बम भेटिएको हो। आजै विप्लव निकट नेकपाले सुदूरपश्चिम बन्दको कार्यक्रम गरेको प्रमुख जिल्ला अधिकारी बोहराले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय नजिकै ती शंकास्पद वस्तुहरु भेटिएको हो।

विप्लव निकट नेकपाका सुदूरपश्चिम इन्चार्जसहित अन्य कार्यकर्तालाई प्रहरीले विनाकारण पक्राउ गरेको भन्दै रिहाईको मागसहित उनीहरुले बन्दको आव्ह्रन गरेको एक विद्यार्थी नेताले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *