एकै गाउँपालिकाका १६ जनामा कोरोना पुष्टि

डिसी नेपाल
८ साउन २०७७ ९:३३

दैलेख। जिल्लाको पश्चिममा पर्ने ठाटिकाँध गाउँपालिकामा १६ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ठाटिकाँध गाउँपालिकाका १६ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार ठाटिकाँध गाउँपालि वडा नं. १का ३२ र ६० वर्षका पुरुष, वडा नं. २ का १४, २१, ४०, ४१ र ४४ वर्षका पुरुष र ३० वर्षका महिला, वडा नं. ३का ५३ र ५६ वर्षीया पुरुष, वडा नं. ४ का २७ वर्षीया महिला, र वडा नं. ६ का २५, २७, ३४ ३५ र ४२ वर्षका पुरुष रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *