साउथ सुपरस्टार नितिनको इंगेजमेन्ट

डिसी नेपाल
९ साउन २०७७ १६:०२

हैदराबाद। तेलुगु सुपरस्टार नितिनले इंगेजमेन्ट गरेका छन् । उनले लामो समयदेखिकी गर्लफ्रेण्ड शालिनीसँग इंगेजमेन्ट गरेका हुन् । खासमा यो जोडीको बिहे गएको अप्रिलमै हुने तय थियो तर कोरोनाभाइरस महामारीका कारण उनीहरुको बिहे सारिएको थियो । अब उनीहरुले पर्सी २६ जुलाइमा हैदराबादमा बिहे गर्दैछन् ।

नितिन स्वयंले इंगेजमेन्टको फोटो सार्वजनिक गरेका हुन् । तस्वीरमा नितिन शालिनीलाई औंठी लगाइदिँदै गरेका देखिएका छन् । उनीहरुको इंगेजमेन्टका तवीरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । यो जोडी विगत ८ वर्षदेखि सम्बन्धमा छन् । महामारीका कारण बिहेमा सीमित संख्यामा पाहुना हुने बताइएको छ ।

नितिनले अहिलेसम्म करिब ५० फिल्ममा काम गरेका छन् । २००२ मा फिल्मी करिअर सुरु गरेका नितिनको श्रीनिवास कल्याणम, चल मोहन रंगा जस्ता फिल्ममा अभिनयको प्रशंशा भएको थियो । शालिनीले बेलायतको विश्वविद्यालयमा बिजनेश म्यानेजमेन्ट अध्ययन गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.