पुरुषोत्तम गैरेको मौलिक तीज गीत ‘माइतीको पिरलो’ सार्वजनिक
काठमाडौं । लोक तथा दोहोरी गायक पुरुषोत्तम गैरेले तीजको मौका पारी मौलिक लय र शैलीको तीज तीत ‘माइतीको पिरलो’ सार्वजनिक गरेका छन् । गायक गैरेकै शब्दमा सार्वजनिक भएको गीतमा गैरेसँगै शर्मिला गुरुङ र खेम सेन्चुरीले स्वर दिएका छन् ।
गीतको म्युजिक भिडियोलाई बिष्णु भट्टराईले खिचेका हुन् र भट्टराईले नै निर्देशन र सम्पादन समेत गरेका छन् । म्युजिक भिडियोमा सन्तोष शर्मा, कल्पना पाण्डे, हरि सुवेदी, मञ्जु सुवेदी, सरिता ज्ञवाली, किरण पन्थ लगायतले अभिनय गरेका छन् ।
पछिल्लो समय मौलिक तीज गीतलाई आधुनिकताले मिच्दै गइरहेको परिप्रेक्ष्यमा आफूले परानै मौलिक शैलीलाई पच्छ्याएर संस्कृतिको समेत संरक्षण गर्न चाहेको गायक गैरेले बताएका छन् । शुभतारा म्युजिकको युटुब च्यानल मार्फत बजार ब्यवस्थापन गरिएको यो गीतले तीजको पहिचान जोखाइराख्न योगदान दिने अपेक्षा गरिएको छ ।







डिसी नेपाल








Facebook Comment