बाहुबलीका भल्लालदेवको इंगेजमेन्ट ! बिहे कहिले हुने ?

डिसी नेपाल
१० साउन २०७७ १४:००

हैदराबाद। दक्षिण भारतीय अभिनेता राणा दग्गुबतीले छिटै बिहे गर्ने भएका छन् । उनले लकडाउनकै क्रममा आफ्नो इंगेजमेन्ट भएको खुलासा गरेका छन् । फिल्म बाहुबलीमा भल्लालदेवको भूमिका निभाएर चर्चामा आएका राणाले आफ्नी गर्लफ्रेण्डसँग इंगेजमेन्ट गरेका हुन् ।

फिल्ममा नायक र खलनायक दुवै भूमिका निभाएका राणाले गर्लफ्रेण्ड मिहीका बजाजसँग इंगेजमेन्ट गरेको खुलासा गर्दै ८ अगष्टमा बिहे गर्ने जानकारी दिएका हुन् । एक भारतीय मिडियाले गरेको अनलाइन टक शोमा कुरा गर्दै राणाले मिहीका आफ्नो घरबाट ३ किलोमिटरको दूरीमा बस्ने भएकोले लकडाउनमा इंगेजमेन्ट गर्न सहज भएको बताए । मिहीका व्यवसायी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *